• २०८१ बैशाख ८ शनिबार

ला लिगाको पहिलो खेलमा मेसी नखेल्ने !

kharibot

काठमाडौँ । लियोनेल मेसीले यस सिजनको ला लिगाको पहिलो खेल गुमाउने भएका छन् ।

हाल इन्जुरीका कारण फिटहुने क्रममा रहेका मेसीले शुक्रबार राति हुने ला लिगाको पहिलो खेल्न नखेल्ने प्रशिक्षक इर्नेस्टो भालभेर्डोले जानकारी दिएका छन् ।

भालभेर्ड़ोले शुक्रबारको खेलमा मेसी खेल्ने सम्भावना निकै कम रहेको बताए । मेसी खेल्ने अनिश्चित भएपछि बार्सिलोना मेसी बिना नै एथलेटिको बिल्बाओसँगको खेल खेल्ने तयारी गरेको छ । भालभेर्ड़ोले भने, 'मैले मेसी बिल्बाओविरुद्ध खेलुन भन्ने कामना गरिरहेको छु तर मुश्किल देखिएको छ ।'

दाहिने तिघ्रामा समस्या भएका कारण मेसी बार्सिलोनाले गरेको प्रिसिजनको अमेरिका टुरमा समेत सहभागी भएका थिएनन् । सो टुरमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई दुवै खेलमा पराजित गरेको थियो ।

बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल नेपाली समय अनुसार शुक्रबार राति १२:४५ मा खेल्दै छ ।        
               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै