• २०८१ बैशाख ८ शनिबार

क्रिकेटमा आयो 'स्मार्ट बल'

kharibot

काठमाडौँ । खेलकुदमा अहिले नयाँ नयाँ प्रविधिको प्रयोग हुदै आएको छ । फुटबलमा भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग, क्रिकेटमा थर्ड एम्पायरले भिडियोको सहायताले दिने निर्णय देखि डिसिजन रिभ्यु सिस्टम लगायतमा प्रविधिको सहयोगले खेललाई निस्पक्ष र विवादरहित बनाउन मद्धत गरेको छ ।

यसैक्रममा पछिल्लो पटक क्रिकेट खेलमा अब चिप्स राखेको बल प्रयोग गर्ने विषयमा नयाँ बहस शुरु भएको छ । जसलाई 'स्मार्ट बल' को नाम दिइएको छ ।

मिडिया रिपोर्टसका अनुसार यस बललाई सबैभन्दा पहिला अस्ट्रेलियाको टी-२० लिग बिग बास लिगमा प्रयोग हुन सक्ने बताइएको छ ।

बल निर्माण गर्ने अस्ट्रेलियाको कम्पनि कुकाबुराले अब स्मार्ट बलको प्रयोग गर्न सकिने गरि तयारी गरिसकेको बताइएको छ ।

कुकाबुराले रियल टाइम डाटा प्रदान गर्ने गरि बलमा माइक्रो चिप लगाएको छ जसलाई स्मार्ट बलको संज्ञा दिइएको छ । रिपोर्टका अनुसार यो बलमा एक ट्रयाकर जस्तो लेन्स हुने जसले फ्याकना साथ डाटा प्रदान गर्ने गर्दछ । जसले रिलिज पोइन्ट, स्पिड, प्रि-बाउन्स र पोस्ट बाउन्स जस्ता सूचना दिने गर्दछ । 

यो बल प्रयोगमा आएमा एम्पायरहरुलाई डिसिजन रिभ्यु सिस्टममा निकै ठुलो सहयोग हुने बताइएको छ । साथै यस बलको प्रयोगले शंकास्पद अवस्थामा ब्याट र प्याडको प्रयोग बारे सहि निर्णय लिन सजिलो हुने बताइएको छ ।


                      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै