• २०८१ बैशाख ६ बिहीबार

डिएफबि पोकलको पहिलो खेलमा बायर्नको सहज जित

kharibot

काठमाडौँ । बायर्न म्युनिखले  इनर्जी कोटबसलाई पराजित गरेको छ ।

जर्मनीको डिएफबि पोकल प्रतियोगिताको पहिलो राउण्डको गएराती सम्पन्न खेलमा बायर्नले कोटबसमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोवस्की, किंग्सले कोमान र लिओन गोरेक्ज्काले एक एक गोल गरेका थिए । इनर्जीका लागि बेरकान ताजले खेलको अन्तिम समयमा पेनाल्टीबाट एक गोल गरेका थिए ।

बायर्नले जर्मनीको लिग अन्तर्गतको खेल आगामी शुक्रबार राति पहिलो खेलमा हेर्थको सामना गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै