काठमाडौँ । बायर्न म्युनिखले इनर्जी कोटबसलाई पराजित गरेको छ ।
जर्मनीको डिएफबि पोकल प्रतियोगिताको पहिलो राउण्डको गएराती सम्पन्न खेलमा बायर्नले कोटबसमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको हो ।
बायर्नको जितमा रोबेर्ट लेवानडोवस्की, किंग्सले कोमान र लिओन गोरेक्ज्काले एक एक गोल गरेका थिए । इनर्जीका लागि बेरकान ताजले खेलको अन्तिम समयमा पेनाल्टीबाट एक गोल गरेका थिए ।
बायर्नले जर्मनीको लिग अन्तर्गतको खेल आगामी शुक्रबार राति पहिलो खेलमा हेर्थको सामना गर्दै छ ।