भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि छ जनाको अन्तर्वार्ता हुने  

खरीबोट

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको लागि ६ जनाको नाम छनौट गरिएको छ ।

भारतीय मिडियाहरुको रिपोर्ट अनुसार करिब २ हजारभन्दा बढी आवेदनबाट ६ जनाको नाम अन्तिम चरणका लागि छनौट गरिएको हो ।

अब भारतीय टिमको मुख्य प्रशिक्षकको दौडमा वर्तमान प्रशिक्षक रवि शास्त्री, न्युजील्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, अस्ट्रेलिया तथा श्रीलंकाका पुर्व कोच टम मुडी, वेस्टइन्डिज र अफगानिस्तानका पुर्व कोच फिल साइमन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतका पुर्व फिल्डिङ कोच रोबिन सिंह रहेका छन् ।

भारतीय टिमको प्रशिक्षक छान्ने जिम्मा पुर्व क्रिकेटर कपिल देवको नेतृत्वमा रहेको क्रिकेट सल्लाहकार समितिले गरिरहेको छ । समितिले आगामी अगस्ट १६ मा सबै ६ जनाको अन्तर्वार्ता गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतीय टिमको प्रशिक्षकमा हालका प्रशिक्षक रवि शास्त्रीले नै निरन्तरता पाउने सम्भावना बढी रहेको बताइएको छ । अहिले भारतीय क्रिकेट बोर्ड समेत निर्वाचित पदाधिकारी नरहेको अवस्थामा विदेशी प्रशिक्षक राख्ने सम्भावना निकै कम रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

सम्बन्धित समाचार

म्याच फिक्सिङ प्रकरणमा श्रीशान्तलाई राहत, अर्को बर्षदेखि खेल्न सक्ने

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा प्रतिबन्धमा परेका भारतीय पुर्व गतिका बलर एस श्रीशान्तको आजीवन प्रतिबन्ध हटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीशान्तलाई सात बर्षको मात्र प्रतिबन्ध लाग्ने निर्णय गरेको छ

केन विलियम्सन र धनन्जयको बलिङ एक्सन शंकास्पद !

काठमाडौँ । न्युजील्याण्डका कप्तान केन विलियम्सन र श्रीलंकाका बलर अकिला धनन्जयको बलिङ एक्सन शंकास्पद रहेको पाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का अनुसार हाई अगस्ट १४ देखि १८ सम्म श्रीलंकाको

आलियाकी साथी आकांक्षासँगको अफ्येर्समा क्रिकेटर केएल राहुल

काठमाडौँ । भारतीय क्रिकेटर केएल राहुल खेलका कारण भन्दा अहिले अफ्येर्सका कारण बढी चर्चामा रहेका छन् । केहि समय अघि बलिवुड अभिनेत्री आतिया शेट्टीसँगको अफ्येर्सको चर्चापछि अहिले बलिवुडमा डेभ्युको तयारी गरिरहेकी

‘फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ : ज्ञानेन्द्र मल्ल 

“जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने,


z