भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि छ जनाको अन्तर्वार्ता हुने  

खरीबोट

काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको लागि ६ जनाको नाम छनौट गरिएको छ ।

भारतीय मिडियाहरुको रिपोर्ट अनुसार करिब २ हजारभन्दा बढी आवेदनबाट ६ जनाको नाम अन्तिम चरणका लागि छनौट गरिएको हो ।

अब भारतीय टिमको मुख्य प्रशिक्षकको दौडमा वर्तमान प्रशिक्षक रवि शास्त्री, न्युजील्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, अस्ट्रेलिया तथा श्रीलंकाका पुर्व कोच टम मुडी, वेस्टइन्डिज र अफगानिस्तानका पुर्व कोच फिल साइमन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतका पुर्व फिल्डिङ कोच रोबिन सिंह रहेका छन् ।

भारतीय टिमको प्रशिक्षक छान्ने जिम्मा पुर्व क्रिकेटर कपिल देवको नेतृत्वमा रहेको क्रिकेट सल्लाहकार समितिले गरिरहेको छ । समितिले आगामी अगस्ट १६ मा सबै ६ जनाको अन्तर्वार्ता गर्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतीय टिमको प्रशिक्षकमा हालका प्रशिक्षक रवि शास्त्रीले नै निरन्तरता पाउने सम्भावना बढी रहेको बताइएको छ । अहिले भारतीय क्रिकेट बोर्ड समेत निर्वाचित पदाधिकारी नरहेको अवस्थामा विदेशी प्रशिक्षक राख्ने सम्भावना निकै कम रहेको मिडिया रिपोर्टमा बताइएको छ ।

सम्बन्धित समाचार

श्रीलङ्काली टेस्ट क्रिकेट टोली दश वर्षपछि पाकिस्तान भ्रमणमा

रावलपिन्डी । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ। श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार

साग क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण पदक 

काठमाडौं । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा बंगलादेशको यू-२३ टिमले स्वर्ण पदक जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै स्वर्ण पदक जितेको हो

साग क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपालले जित्यो काश्य 

काठमाडौं । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटतर्फ नेपालले काश्य पदक जितेको छ । सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै तेस्रो भएर काश्य पदक जितेको

साग क्रिकेट : माल्दिभ्सले नेपाललाई दियो ९५ रनको लक्ष्य 

काठमाडौं । जारी १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटको काश्य पदकको लागि अहिले नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । माल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर


z