नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले लिए सन्यास

खरीबोट

काठमाडौँ । नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले सक्रिय फुटबलबाट सन्यास लिएका छन् । ३५ बर्षिय मिडफिल्डर स्नेइजडरले पछिल्लो १८ महिना कुनै फुटबल नखेलेको अवस्थामा सन्यासको घोषणा गरेका हुन् ।

सन् २००२ मा आयक्सबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका स्नेइजडर इय्ल म्याड्रिड इन्टरमिलान, गलाटासारे, नीस जस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका छन् ।

क्लब फुटबलमा स्नेइजडरले कुल ५७४ खेल खेल्दै १५५ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडमा दुई सिजन खेल्दा एक ला लिगा उपाधि जितेका थिए भने इन्टर मिलानबाट खेल्दा एक पटक सिरी ए, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप, दुइ पटक कोपा इटालिया जितेका थिए । इन्टरमा स्नेइजडर चार सिजन खेलेका थिए ।

स्नेइजडर नेदरल्याण्डसका लागि १३४ खेल खेल्दै ३१ गोल गरेका छन् । स्नेइजडर नेदरल्याण्डसका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी समेत हुन् ।

२०१० को विश्वकप फाइनलसम्म नेदरल्याण्डसलाई पुर्याउन स्नेइजडरको महत्वपूर्ण भूमिका रहेको थियो । सो विश्वकपमा नेदरल्याण्डस स्पेनसँग १-० गोल अन्तरले पराजित गरेको थियो । उनले सो विश्वकपमा दोस्रो उत्कृष्ट खेलाडी बन्दै सिल्भर बल जितेका थिए ।

सम्बन्धित समाचार

नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले लिए सन्यास

काठमाडौँ । नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले सक्रिय फुटबलबाट सन्यास लिएका छन् । ३५ बर्षिय मिडफिल्डर स्नेइजडरले पछिल्लो १८ महिना कुनै फुटबल नखेलेको अवस्थामा सन्यासको घोषणा गरेका हुन् । सन् २००२ मा

समुन्द्रमा विमानसँगै भेटिएको शव फुटबलर सालाको भएको पुष्टि

काठमाडौँ । समुन्द्र सतहमा विमानसँगै भेटिएको शव बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको भएको पुष्टि भएको छ । समुन्द्रमा भेटिएको विमानभित्रबाट विहिबार मृत शरीर बाहिर निकालिएको बेलायतको दुर्घटना अनुसन्धान ब्युरोले जानकारी

अर्जेन्टिनी फुटबलर साला र पाइलटको शव निकालियो 

काठमाडौँ । विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको शव बिमानबाट निकालिएको छ । समुन्द्रमा भेटिएको विमानभित्र रहेका मृत शरीर बाहिर निकालिएको बेलायतको दुर्घटना अनुसन्धान ब्युरोले जानकारी दिएको छ । यद्यपि

अर्जेन्टिनी फुटबलर सालाको विमान खसको ठाउ भेटियो 

काठमाडौँ । गत जनवरी २२ मा विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको बिमान खसेको ठाउ पत्ता लागेको छ । प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग सम्झौता गरेका साला फ्रान्सको नान्टेसबाट कार्डिफ


z