• २०८१ बैशाख ११ मंगलबार

नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले लिए सन्यास

kharibot

काठमाडौँ । नेदरल्याण्डसका फुटबलर वेस्ले स्नेइजडरले सक्रिय फुटबलबाट सन्यास लिएका छन् । ३५ बर्षिय मिडफिल्डर स्नेइजडरले पछिल्लो १८ महिना कुनै फुटबल नखेलेको अवस्थामा सन्यासको घोषणा गरेका हुन् ।

सन् २००२ मा आयक्सबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका स्नेइजडर इय्ल म्याड्रिड इन्टरमिलान, गलाटासारे, नीस जस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका छन् ।

क्लब फुटबलमा स्नेइजडरले कुल ५७४ खेल खेल्दै १५५ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडमा दुई सिजन खेल्दा एक ला लिगा उपाधि जितेका थिए भने इन्टर मिलानबाट खेल्दा एक पटक सिरी ए, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप, दुइ पटक कोपा इटालिया जितेका थिए । इन्टरमा स्नेइजडर चार सिजन खेलेका थिए ।

स्नेइजडर नेदरल्याण्डसका लागि १३४ खेल खेल्दै ३१ गोल गरेका छन् । स्नेइजडर नेदरल्याण्डसका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी समेत हुन् ।

२०१० को विश्वकप फाइनलसम्म नेदरल्याण्डसलाई पुर्याउन स्नेइजडरको महत्वपूर्ण भूमिका रहेको थियो । सो विश्वकपमा नेदरल्याण्डस स्पेनसँग १-० गोल अन्तरले पराजित गरेको थियो । उनले सो विश्वकपमा दोस्रो उत्कृष्ट खेलाडी बन्दै सिल्भर बल जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै