घुस लिएको अभियोगमा शिक्षक पक्राउ

खरीबोट

घोराही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले दाङमा एक शिक्षकलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१८ स्थित रझेना माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको टोलीले घोराहीको एक होटेलबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । 

विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट रु १० हजार लिइरहेको अवस्थामा पक्राउ गरेको आयोग कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिए ।

रुकुम सिस्ने स्थायी घर भएका शिक्षक केसी अङ्ग्रेजी विषयका शिक्षक हुन् । केसी दुई वर्षअघि मात्रै रझेना माविमा राहत शिक्षकको दरबन्दी प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

वन अधिकृत घुससहित पक्राउ

बर्दिया(बाँसगढि) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी वन सब डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई घुससहित पक्राउ गरेको छ ।  अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग १० हजार घुस लिँदै

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो ।

बनेपा नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका स्व इन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति


z