• २०८१ बैशाख ६ बिहीबार

वीरगंज–पथलैया व्यापारीक मार्ग : निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो

kharibot

वीरगंज । पथलैया–वीरगंज ६ लेन सडक निर्माण पुरा नहुँदै भत्किन थालेपछि जीतपुरसिमराका स्थानीयहरु चिन्तित बनेका छन् । लालपुर्जा भएको जग्गा राज्यलाई बिना कुनै लोभमा दिदा समेत व्यापारीक मार्ग बिस्तार योजना बिरगंज–पथलैया ६ लेन सडक नबन्दै भत्किन थालेपछि यहाँका स्थानियहरु चिन्तीत बनेका हुन् ।

व्यापारीक मार्ग बिस्तार योजना बिरगंज–पथलैया ६ लेन सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले कमशल समाग्रीको प्रयोग गरेर सडक निर्माण गरेका कारण निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेको जीतपुरसिमराका स्थानीयहरुले आरोप लगाएका छन् । 

हाल बिरगंज–पथलैया ६ लेन सडक निर्माण कार्य भै फाईनल कालो पत्रे गर्न बाँकी रहेको पथलैया, सिमरा, नितनपुर लगायतका स्थानहरुमा सडकको तल्लो तहमा खाल्डो पर्नुका साथै सडक नै दबिएको अवस्थामा पुगेको हो । 

यसरी सडकको तल्लो भाग (जग) नैं बलियो नभए अब त्यस माथि राखिने कालो पत्रेले सडकलाई कति दिन धान्ने यहाँका स्थानीयहरुको प्रश्न छ ? विगत दुई वर्ष देखि व्यापार व्यवसाय ठप्प हुँनुका साथै धुलो खाँदै आएका स्थानीय युवा व्यापारी शिव पटेलले आँफुहरुले गरेको दुःखको सहि सदुपयोग नभएको र निर्माण व्यवसायीले कमसल समानको प्रयोग गरेर काम गर्दै आएको आरोप लगाएका छन् ।

 

यस भन्दा पहिले बनेको सडक हाल सम्म पनि नबिग्रनु, तर हालै निर्माण हुन् लागेको सडक यती चाँडै धुलोपिठो हुनुमा योजना कार्यालय र निर्माण व्यवसायीको मिलोमतोमा कमसल समाग्रीको प्रयोग भएको सहजै अनुमान गर्न सकिने अर्का युवा व्यापारी मनोज कुमार साहले बताए । 

यसरी समय सिमा बढाएर पनि चार वर्ष भित्र काम सम्पन्न गराउँने योजनामा रहेको व्यापारीक मार्ग बिरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यालय पथलैयाले सडक भत्किनुमा निर्माण व्यवसायीको गल्ती नभै ओभर लोडका कारण सडक बिग्रेको जानकारी दिएको छ ।

बिरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यालय पथलैयाका ईन्जिनियर अशोक यादवले यस सकडमा प्रती एक्सल १० टन भार बोक्न सक्ने क्षमता रहे पनि चार एक्सलको सवारी साधनले एक सय टन सम्म भार बोकेर आउने र यातायात व्यवस्था कार्यालय बिरगंजले यसलाई रोक्न नसकेको कारण यस्तो भएको जानकारी दिए । उनले यहि प्रकारले यस सडकमा ओभर लोडका सवारी साधन आईरहेमा निर्माण भएको एक वर्ष भित्र मैं सडक बिग्रने जानकारी दिए । 

तीन अर्व २७ करोडको लागतमा पथलैया देखी बिरगंज २७ किलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुष २८ गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो । तर , समयमा काम नसकिए पछि योजना कार्यालय पथलैयाले निर्माण व्यवसायीहरुलाई थप एक वर्ष भित्र काम सम्पन्न गर्ने गरी समय सिमा बढाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै