• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियालाई आर्चरको चेतावनी : धेरै रन बनाउने बारे नसोच ! 

kharibot

काठमाडौँ । दोस्रो एशेज बुधबारदेखि शुरु हुदै छ । इङल्याण्ड र अस्ट्रेलियाबीचको यस रोमाचंक टेस्ट सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेपछि अहिले इङल्याण्ड अलिकति दबाबमा आएको छ ।

दोस्रो टेस्टका लागि इङल्याण्डले केहि खेलाडी परिवर्तन समेत गरेको छ । घाइते भएर बाहिरिएका जिम्मी एन्डरसन तथा पहिलो टेस्ट खेलेका मोइन अली दोस्रो टेस्टमा समावेश छैनन् भने उनीहरुको ठाउमा जोफ्रा आर्चर र ज्याक लीचलाई खेलाएको छ ।

एशेजको दोस्रो टेस्ट सुरु हुनु अघि टेस्ट डेभ्यु गर्न लागेका जोफ्रा आर्चरले अस्ट्रेलियाको टिमलाई चेतावनी दिएका छन् । अस्ट्रेलियाका कोच जस्टिन ल्यांगरले आर्चरले रातो बल क्रिकेटमा अनुभवी नभएको बयान दिएपछि त्यसको जवाफमा आर्चरले अस्ट्रेलियालाई चेतावनी दिदै आफुले आफ्नो क्यारियरको ठुलो क्रिकेट नै रातो बलमा खेलेको बयान दिएका छन् ।

आर्चरले अस्ट्रेलियालाई चेतावनी दिदै आफ्नो विरुद्ध धेरै रन बनाउने बारे नसोच्न भनेका छन् । उनले भनेका छन्, 'मैले सेतो बलले जति क्रिकेट खेलेको छु त्यो भन्दा बढी रातो बलले खेलेको छु । रातो बल क्रिकेट मेरो मनपर्ने क्रिकेट हो । रातो बलवाला क्रिकेट टिभीमा धेरै नाउने हुनाले मानिसहरुलाई थाहा नभएको हो । स्कोरबोर्ड मात्र हेरेर असली कुरा थाहा हुदैन कि खेल कसरी अगाडी बढेको हुन्छ भनेर । जब मैले ससेक्सका लागि खेल्न सुरु गरे त्यति बेला मैले रातो बलबाट नै सुरु गरेको थियो ।'

आर्चरले फर्स्ट क्लास क्रिकेटमा २८ खेलमा १३१ विकेट लिएका छन् । साथै उनले एक हजार रन समेत बनाएका छन् । पहिलो टेस्ट खेल पछि भएको एक खेलमा आर्चरले ६ विकेट लिनुका साथै एक शतक समेत बनाएका थिए ।

आर्चरले आफ्नो ब्याटिंग बारे बोल्दै ब्याटिंग गर्ने मौका मिल्नु मेरो लागि आफ्नो विषय भएको बताए । उनले विश्वकपका क्रममा केबल ८-१० बल मात्र खेल्ने मौका मिलेको बताउदै आफुले ब्याटिंगमा सेमत ध्यान दिने बताए ।

पहिलो टेस्टमा अस्ट्रेलियाले शानदार २५१ रनको जित हासिल गर्दै ५ खेलको सिरिजमा १-० को बढ्त हासिल गरेको छ । दोस्रो टेस्ट अगस्त १४ बाट सुरु हुदै छ ।

इङल्याण्डको टिम : जोय रुट (कप्तान), रोरी बर्न्स, जासन रोय, जोय डेनली, जोनी बैरस्ट्रव, जस बटलर, बेन स्टोक, क्रिस वोक्स, स्टुअर्ट बोर्ड, जोफ्रा आर्चर, साम कुरान र ज्याक लीच ।
               
  
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै