Skip This

नेकपाको सचिवालय बैठक बुधबार बस्ने : स्कुल बिभाग अझै विवादमा

खरीबोट

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको लागि तोकिएको बैठक बुधबारका लागि सारिएको छ ।

पार्टी एकताको प्रक्रिया टुंगाउने क्रममा नेकपामा अहिले पार्टीका विभागको नेतृत्वको विषय टुंगाउन बाँकी रहेको छ । यसअघि साउन १३ गते बसेको बैठक आज बस्ने गरि बिना निष्कर्ष सकिएको थियो । 

यस बिचमा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्किएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि दुबईको छोटो निजि भ्रमण गरेर फर्किएका छन् ।   

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले छलफलका लागि भन्दै बैठक बुधबारका लागि सारेका हुन् । प्रधानमन्त्रीले विशेष गरि विभागको नेतृत्वका बारेमा जिम्मेवारी दिने विषयमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, बामदेव गौतम लगायतका नेताहरुसँग छलफल समेत गरिरहेका छन् । 

नेकपाका ३३ मध्ये १८  पूर्वएमाले र  १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि अन्य विभागको नेतृत्वपनि निर्णय गरिएको छैन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादले पटक पटक बसेका बैठकहरु निष्कर्षमा पुग्न सकेका छैनन् 

को को छन् दाबेदार ?

नेकपाको विचारको नेतृत्व गर्ने स्कुल बिभागमा अहिले प्रमुख रुपमा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेल तथा हाल पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबेदारी रहेको छ । पोखरेल र श्रेष्ठको दाबेदारी सतहमा आएपछि अब स्कुल बिभागमा घनश्याम भुसाल, बेदुराम भुसाल, झलनाथ खनाल युवराज ज्ञवालीलगायतका नेताहरुले पनि आफ्नो दाबेदारी पेश गरेका छन् ।

सार्वजनिक रुपमा पोखरेल र श्रेष्ठले आफ्नो दाबेदारीका विषयमा कुरा नगरेपनि पछिल्लो सचिवालय बैठकमा दुवैले आफुले स्कुल बिभाग पाउनु पर्ने दाबि गरेका थिए ।

के हो स्कुल बिभाग ? 

नेकपामा स्कुल विभाग एउटा महत्वपूर्ण बिभाग मानिन्छ । अझ अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले यसको महत्व झन् बढेको छ । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिने र आम कार्यकर्ता तह सम्म पार्टीको विचार स्पष्ट गर्ने महत्वपूर्ण काम यस बिभागले गर्दछ । 

नेकपाको नियमावलीमा विभागका पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने गरी ७ काम तोकिएको छ ।

त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभाग जिम्मेवारीमा रहेको छ ।

किन भयो विवाद ?

अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले स्कुल विभागमा विवाद देखिएको हो । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । अर्को पक्षबाट विश्लेषण गर्दा अहिले नेकपाभित्रको शक्ति संघर्षको परिणाम पनि हो स्कुल बिभाग विवाद ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहेका इश्वर पोखरेल मदन भण्डारीको जनताको बहुदलीय जनवादको खुला रुपमा नै वकालत गर्दै आएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको समेत साथ रहेको छ । पोखरेलले खुला रुपमा बहुदली जनवादको वकालत गरेकोले तत्कालिन माओवादी समुह उनलाई अहिले कुनै पनि हालतमा स्कुल बिभागमा ल्याउन नहुने अडानमा रहेको छ ।

पार्टी एकता हुदा जनताको जनवादको लाइनमा अगाडी बढ्ने सहमति भएकाले पार्टिको वैचारिक कार्यदिशा सोहि अनुसार हुनुपर्ने अडानमा खासगरी पुर्व माओवादी र पुर्व एमालेका माधव नेपाल पक्षधर रहेको देखिन्छ । अहिले नेकपामा अध्यक्ष ओलीको विपक्षमा रहेका नेताहरुले स्कुल बिभागलाई प्रतिष्ठाको विषय बनाएर आफ्नो पक्षमा पार्ने रणनिति समेत बनाएको घटनाक्रमले देखाएको छ ।

यसलाई दिर्घकालमा पार्टी कब्जा गर्ने रणनीतिका रुपमा पनि प्रचण्ड र नेपाल इतरका नेतारुले लिएको नेकपाका नेताले खरीबोटलाई बताए । उनले एक किसिमले यो सामान्य विवाद देखिए पनि दिर्घकालमा पार्टीको वैचारिक लाइन तय गर्न स्कुल बिभागको भूमिका दुवै पक्षले बुझेकाले अहिले विवाद सतहमा आएको उनले बताए ।

सम्बन्धित समाचार

नेकपाभित्र सभामुखको रस्साकस्सी, को को छन् अगाडी ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी जारी रहेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरा हिरासतमा पुगेपछि खालि भएको सभामुख पदमा अहिले

नेकपा बैठक : संगठन विभागको भूमिका बढ्ने, स्थायी समिति बैठक मंसिर २८ मा 

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ । पार्टीको केन्द्रीय

उपनिर्वाचनको समीक्षा गर्दै नेकपा

काठमाडौँ । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही

नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि शिर्ष नेताहरु छलफलमा व्यस्त

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराहन्न १ बजे धुम्वाराही पार्टी कार्यालयमा बस्दैछ । प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यका


z