• २०८१ बैशाख ६ बिहीबार

इन्स्टाग्राममा पोर्नको समस्या, फेसबुकले सकेन सुल्झाउन

kharibot

अमेरिका । फोटो सेयरिङ एप इन्स्टाग्राम विश्वभरका प्रयोगकर्तामाझ निकै चर्चित छ । अन्य सामाजिक सञ्जालमा झैं यसमा पनि करीब १५ करोड फेक अकाउन्ट छ ।

इनग्याजेटको एक प्रतिवेदन अनुसार हाल इन्स्टाग्रामले पोर्नसम्बन्धी समस्याको सामना गरिरहेको छ । र, कम्पनीले यसलाई हटाउन सकिरहेको छैन । साइबर सुरक्षा निकाय टिनेबलले एक प्रतिवेदनमा पोर्न बोट इन्स्टाग्रामको लागि एक ठूलो समस्या भएको उल्लेख गरेको छ । इन्स्टाग्राममा जबसम्म यति ठूलो मात्रामा प्रयोगकर्ता हुन्छन्, तबसम्म स्क्यामरहरुको लागि यो एक रुचाइएको प्लेटफर्म बनिरहने प्रतिवेदनमा उल्लेख छ । 

साइबर सुरक्षा निकायले प्रतिवेदनमा पोर्न बोट्सले पप कल्चर रिफरेन्सलाई प्रयोग गरिरहेको बताएको छ । यसका कारण प्रयोगकर्ताले आधिकारिक र अनाधिकारिक अकाउन्ट छुट्याउन सकिरहेका छैनन् ।

टिनेबलका अनुसार यी पोर्न बोटहरु इन्स्टाग्राममा सन् २०१६ देखि नै लगातार बनिरहेका छन् । यस्ता पोर्न बोटहरु प्रयोगकर्तालाई फलो गर्न, फोटो लाइक गर्न, कमेन्ट गर्न र डाइरेक्ट म्यासेज गर्नसम्म सक्रिय रहेका छन् । यस्ता पोर्न बोटसँग प्रयोगकर्ता नियमित रुपमा सम्बन्धित भइरहेमा यसले प्रयोगकर्ता ठूलो काण्डमा फस्ने सम्भावना रहने अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

पेटियम ट्रान्सफर गरेबापत भर्चुअल सेक्स 

विश्वका धेरै मुलुकमा यो समस्या हाल बढ्दो रुपमा छ । इकोनोमिक टाइम्सका अनुसार भर्चुअल फेभरको बदलामा हाल प्रयोगकर्ताले पेटिएमको सहायताले रकम आदानप्रदान गरिरहेका छन् । प्रतिवेदनका अनुसार इन्स्टाग्राममा ह्यासट्याग पेटीएमगर्ल र ह्यासट्याग पेटीएमगल्र्समा १४ हजार पोस्ट मिलेका थिए । यसरी ह्यासट्याग सहित पोस्ट गर्ने अधिकांश अकाउन्टमा महिलाका अश्लील, टपलेस र यौनसम्बन्धी कुराकानी सहितका तस्वीरहरु सेयर गरिएका थिए । यस्ता लाखौं अकाउन्टहरु इन्स्टाग्राममा हाल सक्रिय छन् । 

सिस्टम अपग्रड गर्दै फेसबुक 

इनग्याजेटका अनुसार फेसबुकले यो समस्या समाधानका लागि प्रयास गरिरहेको छ । फेसबुकले यसबारे अनुसन्धानका लागि धेरै रकम खर्च गरिरहेको छ । उसले यस्ता पोर्न बोट्सलाई सजिलै हटाउन सकिने टुल निर्माण गर्न उल्लेख्य खर्च गरेको बताइएको छ । 

फेसबुकले यस अनुसन्धानबाट यस्ता बोट्सको उद्देश्य ठगी अथवा अन्य कुनै पनि गलत नियत भएमा त्यसको पत्ता लगाउन पनि सकिने बताएको छ । कम्पनीको अब्युज फाइटिङ टीमले आफ्नो सिस्टममा भइरहेको सन्दिग्ध गतिविधि पत्ता लगाउन एप अपग्रेड गर्न लागेको बताएको छ । 

मेसिन लर्निङको सहायता 

सामाजिक सञ्जाल फेसबुकले मेसिन लर्निङको सहायताले यस्ता बोट र स्पामरहरुको सामना गरिरहेको छ । सन् २०१९ को मेमा कम्पनीले फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामका करीब २१० करोड फेक अकाउन्ट डिलिट गरेको थियो । विगत तीन वर्षदेखि फेसबुकले यस्ता विभिन्न प्रयास गरे पनि पोर्नसँग सम्बन्धित यस्तो समस्या समाधान हुने कुनै संकेत देखिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै