फाप्लु विमानस्थलमा परीक्षण उडान

खरीबोट

सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी दिए ।

विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा  चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उहाँको भनाइ थियो ।

हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टरको भुकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

भरतपुर । चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट

सोलुखुम्बुमा पुनर्निर्मित सडक हस्तान्तरण

सोलुखुम्बु । भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । जेठ १३ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीर

सोलुखुम्बुमा प्रहरी चौकी कब्जा गर्ने ‘विप्लब’ समूहको प्रयास असफल !

सोलुखुम्बु । सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने नेत्र विक्रम चन्द ‘विप्लब’ समूहले गरेको प्रयास असफल भएको छ । गएराति सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको


z