• २०८१ बैशाख १२ बुधबार

इराकमा हवाई आक्रमणमा दश लडाकु मारिए

kharibot

बग्दाद (इराक) । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकु रहेका जनाइएको छ ।

इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । 

सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हँुदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै