• २०८१ बैशाख ८ शनिबार

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

kharibot

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा अहिलेसम्मकै उच्च हुने क्रम जारी रहेको छ ।

मंगलबार सुन प्रति तोलामा ७१ हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो । यो सुनको मूल्यको अहिलेसम्म कै उच्च हो ।

सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदीमा प्रति तोला १५ रुपैयाँले बढेर चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै