काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अश्विकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलाएको छ ।
मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । सन्दीपले वेस्टइन्डिजमा हुने क्वारेबियन प्रिमियर लिग(सिपिएल) खेल्न जान भिसा निवेदन दिएकोमा दुवाताबासले भिसा दिएको थिएन ।
यसपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा असन्तुष्टि व्यक्त गर्दै यसबाट आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
दूतवासले केहि असमझदारी भएको भन्दै फेरी बोलाएपछि सन्दीप अहिले दुवाताबास पुगेका छन् ।