काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।
यस्तै विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ ।
यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ । जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो ।
निरन्तर घाटमा रहेको प्राधिकरण आव ०६६/६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।
प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटामा रहेको थियो ।