मनोरोगीको वेदना तीजे गीतमा

खरीबोट

काठमाडौँ । तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकी छन् ।

तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् ।

सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने बताइन् । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ ।

विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति गरिने हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटेको छ । मनोरोगीहरुको मानव अधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको स्रष्टा ढकालले बताइन् ।

“तीज पर्व खाने लाउने मात्र नभई गीत सङ्गीतको पर्व पनि हो । तीजको महिमा विशेषगरी सङ्गीतसँग जोडिएको छ”, ढकालले भनिन्, “परापूर्वकालमा दबाएर राखिएका आवाजहरु तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्थे र मन हलुका बनाउँथे ।” सासूबुहारीका रोदनका कथाहरु हुन्थे । अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने उनले बताइन् ।

उक्त म्युजिक भिडियोको सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरले लोकार्पण गरेकी थिइन् । पोखरा आसापासका सडकमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरीता पँगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराई लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

तीजका गीतमा परिवर्तनका सन्देश

बाँके । तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक

मनोरोगीको वेदना तीजे गीतमा

काठमाडौँ । तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकी छन् । तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा

तीज भड्किलो नबनाउन काभ्रे प्रशासनको अपिल

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर

तीजको भड्किलो रोक्न कास्की जिल्ला प्रशासनको सूचना

चिप्लेढुङ्गा । हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ ।  केही वर्षयता तीजको नाममा महीना दिन


z