काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुताबासले अन्तत: भिसा दिएको छ ।
सन्दीपले आफ्नो भिसाको समस्या समाधान भएको जानकारी दिएका छन् ।
यस अघि मंगलबार विहान काठमाडौंस्थित अमेरिकी दूतावासले बिहान भिसा दिन अश्विकार गरेकोमा फेरी सन्दीपलाई फेरि बोलाएको थियो ।
सन्दीपले वेस्टइन्डिजमा हुने क्वारेबियन प्रिमियर लिग(सिपिएल) खेल्न जान भिसा निवेदन दिएकोमा दुवाताबासले भिसा दिएको थिएन ।
यसपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा असन्तुष्टि व्यक्त गर्दै यसबाट आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
दूतवासले केहि असमझदारी भएको भन्दै फेरी बोलाएपछि सन्दीप अहिले दुवाताबास पुगेका थिए ।