• २०८१ बैशाख १२ बुधबार

टिकेन नेप्सेको वृद्धिदर, कारोबार रकम भने बढ्यो

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से दुुई दशमलव ७८ अंकले घटेर १२ सय ३१ दशमलव सात विन्दुुमा झर्दा सेन्सिटिभ पनि शून्य दशमलव ५८ अंकले घटेर दुुई सय ६७ दशमलव १४ विन्दुुमा झरेको छ । 

एक सय ६५ कम्पनीहरुको नौ हजार तीन सय ७५ वटा कारोबारमा १८ लाख ९६ हजार चार सय ५४ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४८ करोड १६ लाख २९ हजार सात सय ६० रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य एक अंकले बढेपनि बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ३१ अंकले घटेर ११ सय ११ दशमलव २८ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि सात दशमलव २४ अंकले घटेर १५ सय ८८ दशमलव ७५ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि एक अंकले घटेर एक हजार ९९ दशमलव १९ विन्दुुमा झरेको छ । यसैगरी लघुुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनाईटेड मोदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ६२ पैसाले बढेर एक सय १३ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनएलजी इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन रुपैयाँ ७२ पैसाले घटेर छ सय ७२ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार भएको आधारमा पहिलो स्थानमा परेको माछापुच्छे« बैंकको प्रतिकित्ता दुुई सय ५९ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ९६ लाख ७१ हजार २७ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै