केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

खरीबोट

 भारत । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ ।

स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो ।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो । बर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । 

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ । पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ ।

सम्बन्धित समाचार

केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

 भारत । भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् ।

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने, केरलाको वायानादबाट मनोनयन दर्ता

नयाँ दिल्ली  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्नेगरी उम्मेदवारी दर्ता गराएका छन् ।  वायानादमै पुगेर गान्धीले स्थानीय समय अनुसार विहिबार उम्मेदवारी दर्ता गराएको पार्टीका

टी-१० लिगमा केरलाले जिते पनि प्रतियोगिताबाट बाहिरियो, सन्दीपले दिए एक ओभरमा २० रन 

काठमाडौँ। टी-१० लिगमा केरला नाइटले आफ्नो अन्तिम खेलमा जित हासिल गरेपनि प्रतियोगिताबाट बाहिरिएको छ। आज भएको अन्तिम खेलमा बङ्गाल टाइगरसँगको खेलमा ६ विकेटले जित हासिल गरेपनि क्वालिफायरको लागि छनौट भने

टी-१० लिगमा केरलाको लगातार दोस्रो हार, सन्दीपले २ ओभरमा दिए ४७ रन 

काठमाडौँ। टी-१० लिगमा केरला नाइटले लगातार दोस्रो हार बेहोरेको छ। विहिबार भएको खेलमा केरलालाई नर्थर्न वारियरले ८ विकेटले पराजित गरेको हो। केरलाएल दिएको १०३ रनको लक्ष्य पछाएको वारियरले ७.२ ओभरमा


z