• २०८१ बैशाख ८ शनिबार

बर्दियाको पत्थरबोजि जँहा सधै हात्तीको आतंक

kharibot

बर्दिया(मधुवन)  ।  हरेक वर्ष हिउद लागेपछि बर्दियामा हात्तीको आतंक सुरू हुन्छ । भारतको कतर्नियाघाट वन्यजनतु आरक्षबाट हात्तिहरुको झुण्ड बर्दियाको गेरुवा गाँउपालिका हुदै मधुवन नगरपालिका बडा नं १ को पत्थरबोजिमा दैनिक जसो हात्तीले धानवालि खाने गरेको छ । 

हात्ति धपाउनका लागि स्थानीय बासिन्दाहरु दैनिक जसो आलो पालो गरि खेतहरुमा पहरा दिने गरेका छन । दैनिक जसो निरन्तर रुपमा भर्खरै लगाईएको धान र मकैका खेतबारीमा हात्तिको झुण्डले बालिहरु नोक्सानी गर्ने गरेको छ । 

हात्तिले गाउँ पसेर खेतमा लगाइएका धान र मकै खानुका साथै खुट्टाले कुल्चेर बढि नोक्सानी पुर्याउने गरेको मधुवन नगरपालिका बडा नं १ पत्थरबोजिका बढघर दिलु थारुले बताए । धेरै जसो रात त त्रास मै कट्ने गरेको थारुले भने ।

१ सय २० परिवार रहेको यस गाँउमा विद्युतको भोल्टेज नै नहुदा बत्ति र पंखा चले जस्तो मात्र गर्ने हुनाले यस गाँउमा विद्युतको विद्युतिय ट्रास्फर्मर रहे पनि अपुग रहेकोले १०० के.भि. को ट्रास्फर्मरको आवश्यक्ता रहेको थारुले बताए । हात्तिहरु उज्यालो तर्फ नआउने हुदा भोल्टेज सहितको बत्तिहरु विभिन्न स्थानहरुमा लगाउन सके हात्तिहरुबाट हुने मानविय र धानबालिको क्षतिमा कमि आउन सक्ने समेत बढगर थारुले भने ।

हात्ति आएर धानबालि खाएर क्षति गर्छ, धानवालिलाई काम नलाग्ने गरि क्षति पुर्याउने गरेको छ तर विगत ३ बर्ष देखि क्षतिपुर्तिका नाममा आश्वासन मात्र पाएको क्षतिपुर्तिको बापत पाउने रकम समेत नपाएको पत्थरबोजिकी एक महिला सरिता बोहोराले बताईन । हात्ति मात्र होइन की चित्तल, दुम्सी र बंदेलले समेत खेतमा क्षति पुर्याउने गरेको समेत बोहोराले भनिन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज र कतरनिया वन्यजन्तु आरक्ष विचको खाता कोरिडोरको छेउमा यस पत्थरबोजि गाँउ पर्ने भएको ले पनि यस गाँउलाई बढि क्षति हुने गरेको तराई भू–परिधी कार्यक्रम कोहलपुर बाँके की सामुदायिक परिचालक माया योगिले बताउनु भयो । 

केहि बर्ष पहिला मात्र नै यस पत्थरबोजिका युवराज चौधरी र स्कुल जादै गरेका एक १३ बर्षिय विद्यार्थीको हात्तिको आक्रमणबाट मृत्यु भएको पत्थरबोजिका स्थानीय श्री गणेशपुर सिसनिया सा.व.उपभोक्ता समितीका अध्यक्ष तुल्सीराम चौधरीले बताए । 

हरेक बर्ष झै यस बर्ष पनि हात्तिले यस पत्थरबोजिमा मोतिराम थारु, लक्ष्मण थारु, मान बहादु थारु, बजारु थरु, बिर बहादुर थारु र परदेशि थारुका घरहरु भत्काइदिएको थियो भने अन्य स्थानीयहरुका घरहरुमा समेत क्षति पुर्याएको अध्यक्ष चौधरीले भने । खाता कोरिडोरको बिच यो गाँउ पर्ने भएकाले पनि यस गाँउ सरकारको चासोको लिनु पर्ने चौधरीले बताए । 

जंगली जनावर बचाउन हामी सबै गाँउले मिलेर अभियानमा सहभागी भएकै हौ तर सरकारले जंगली जनावर मात्र हेर्ने गरेको हामी जनता प्रति कुनै नदिएको देखिएको समेत चौधरीले बताए ।

समाधानका लागि तारवार लगाईएको भए पनि हात्तिले भत्काईदिने गरेले चौधरीले थपे । हात्तिहरु उज्यालो तिर नआउने हुनाले यहाँ विभिन्न स्थानमा बत्तिहरु जडान गर्न सके या नदिमा अग्लो तटबन्धन गर्न सके हात्तिहरु आयर क्षति गर्ने कार्यमा कमि आउने सक्ने समेत चौधरीले जानकारी दिए ।

हात्ति आतंक नियन्त्रणको लागि स्थानीयले लामो समयदेखि आवाज उठाएपनि त्यसको सम्बोधन प्रशासनले गर्न सकेको छैन । 

पत्थरबोजिमा दैनिक जसो हुने हात्तिको त्रासको बारेमा आफुलाई जानकारी प्राप्त भएको र छिटै नै सो स्थानको भ्रमण गरि हात्तिबाट हुने क्षति कम गर्नका लागि छिटै नै पहलिकदम चालिने मधुवन नगरपालिकाका नगर प्रमुख कृष्ण केसीले बताए । उज्यालो तिर हात्ति नजाने हुदा गाँउका विभिन्न स्थानमा बत्ति बालेर हुन्छ की अन्य कुने प्रकृयाबाट हात्तिबाट हुन सक्ने क्षतिलाई न्युन बनाउन पहल गरिने समेत नगर प्रमुख केसीले भने ।

हात्तिबाट हुन सक्ने क्षतिको कमिका लागि विभिन्न स्थानहरुमा आन्तरिक र अन्य निकायको सहयोगमा ईलेक्ट्रीक फेन्स लगाइएको भए पनि प्रभावकारी नदेखिए पछि हाल केहि सय मिटर क्रंकिटवाल बनाएर सुरुवात गरिएको डिभिजन वन कार्यालय गुलरिया बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले बताए । पत्थरबोजिका विषयमा भन्नु पर्दा सो स्थान खाता कोरिडोरको नजिक तिर पर्ने भएकाले हात्ति लगाएत अन्य जनावरको आयर थोरै धेरै क्षति गरेको सुनिएको र छिटै नै सो स्थानको अनुगमन गरि क्षति न्युनिकरणका लागि पहलिकदम चालिने समेत वन अधिकृत शर्माले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै