• २०८१ बैशाख ८ शनिबार

नेइमारलाई फर्काउन अन्तिम प्रयासमा बार्सिलोना

kharibot

काठमाडौँ । बार्सिलोनाले नेइमारलाई फर्काउने अन्तिम प्रयास सुरु गरेको छ ।

बार्सिलोनाका टेक्निकल निर्देशक एरिक एबीडलसहितको टोलीले पेरिस पुगेर नेइमारलाई भित्र्याउन नयाँ प्रस्ताव गरेको गोल डट कमले उल्लेख गरको छ ।

बार्सिलोनाले अर्का ब्राजिलियन खेलाडी फिलिप कोटीन्होलाई दिएर नेइमारका लागि १०४ मिलियन अमेरिकी डलरको प्रस्ताव पिएसजीलाई दिएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार पिएसजीले २०१७ मा नेइमारका लागि तिरेको २४९ मिलियन अमेरिकी डलरमध्ये सकेसम्म धेरै रकम क्यास मै लिने प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । पिएजसीले भने कोटीन्होको ठाउमा राइट ब्याक नेल्सन सेमेडोलाई ल्याएर धेरै रकम लिने पक्षमा रहेको छ ।

नेइमारले जसरीपनि पिएसजी छोड्ने अडान राखेपछि अहिले बार्सिलोनाले उनलाई भित्र्याउन विशेष पहल गरेको हो । नेइमारलाई अहिले अर्को स्पेनिस क्लब रियल म्याड्रिडले पनि चासो देखाएपछि लियोनेल मेसीले रियल नजान नेइमारलाई अनुरोध गरेको समेत मिडिया रिपोर्ट आएको छ ।

पिएसजीको पहिलो लिग खेलमा नेइमारविरुद्ध फ्यानहरुले नाराबाजी गर्दै पिएसजी छोडेर जान भनेपछि नेइमारको पिएसजी छोड्ने झन् तय भएको बुझिएको छ । त्यस्तै पिएसजीले पेरिसमा रहेको आफ्नो मर्चेन्डाइज शोरुमबाट नेइमारको नाम उल्लेख भएका जर्सी लगायतका सामानहरु हटाएको बताइएको छ । पिएसजीले नेइमारको नामका जर्सी लगायतका समानहरु बेच्न छोडेको बताइएको छ ।

पछिल्लो घटनाक्रम अनुसार बार्सिलोनाको अन्तिम पहल निष्कर्षमा नपुगेमा नेइमार रियल म्याड्रिड जाने छन् । उता बार्सिलोनाको व्यवस्थापन नेइमारलाई भित्र्याउन पेरिस पुगेसँगै बार्सिलोनाका फ्यानहरु बहने नेइमारले रियल म्याड्रिड जाने प्रयास गरेको भन्दै क्लबको नेइमारलाई ल्याउने रणनितिको आलोचना गरेका छन् ।                              
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै