बाह्य दबाब र हस्तक्षेप सहय हुदैन -भीम रावल

खरीबोट

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद भीमबहादुर रावलले राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको बाह्य दबाब र हस्तक्षेप हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले द्वन्द्वकालका घटनाको छानबिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको बाँकी काम जति सक्दो छिटो पूरा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । 

सांसद अग्निप्रसाद सापकोटाले दोलखाको खरीढुङ्गास्थित खरीढुङ्गा उद्योगलाई बहुआयामिक रुपमा प्रयोग हुने गरी सञ्चालनका विषयमा सरकारको ध्यानाकर्षण गराए । विसं २०३५ मा शुरु भएको उद्योग अहिले सञ्चालनमा नआएको र रु दुई अर्बभन्दा बढीको खनिज बिक्री गर्नका साथै हजाराँैले रोजगारी पाउने हुँदा सञ्चालनको विषयमा अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद देवेन्द्रराज कँडेलले नमिता÷सुनिताजतिकै पीडादायी कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्रालयले घटनालाई गम्भीररुपमा नलिएको आरोप लगाउँदै आपत्ति प्रकट गराए । सांसद शान्ता चौधरीले सिंहदरबारले बलात्कारका घटना घटाएको भनी सांसद कँडेलले प्रयोग गर्नुभएको शब्दप्रति नियमापत्ति गर्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरीन । सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन कर्मचारीलाई निदेर्शन दिए ।  

सांसद अमरेशकुमार सिंहले गोङ्गबुस्थित नयाँ बसपार्कको सार्वजनिक जग्गामा भ्रष्टाचार भएको विषयमा संसदीय छानबिन समिति गठन गरी भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने माग गरे । सांसद सरिता गिरीले चुरे भावर क्षेत्रमा वर्षेनी हुने वन फँडानीले तराईमा हुने बाढी र पहिरोप्रति सरकारको ध्यानाकर्षण गराईन । सांसद राजेन्द्रप्रसाद लिङ्देलले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको र तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई मुलुकबीच श्रम सम्झौता नगरिकन खाडीमुलुकमा घरेलु कामदार नपठाउन निर्देशन दिए पनि कार्यान्वयन प्रति ध्यानाकर्षण गराए ।

सांसद रामेश्वरराय यादवले त्रिशूली सडक क्षेत्रमा अहिले दिनहुँ दुर्घटना बढे पनि दीर्घकालीन सोचका बारेमा कुनै पनि उपाय नसोचिएकाबारे ध्यानाकर्षण गराए । सांसद यज्ञराज सुनुवारले कटारी–घुर्मी, ओखलढुङ्गा–सल्लेरी सडकखण्डमा पहिरो गएको हुँदा रामेछाप र सिन्धुलीका जनतालाई आवातजावतमा सास्ती भोग्नुपरेको हुँदा सो क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारलाई सुझाव दिए । 

सांसद मीना सुब्बाले कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा मरेको हुँदा किटाणुविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्दै जीवणु चौपाया मानिसमा सक्ने भएकाले जतिसक्दो छिटो नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराईन ।

सम्बन्धित समाचार

भेरी अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने उपप्रधानमन्त्री यादवको दाबि  

काठमाडौँ । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर

मिनेन्द्र रिजालको प्रधानमन्त्रीलाई प्रश्न : जनतासँग गरेको कार्यसम्पादन करार खै ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले यस्तै काम गरेमा अर्को निर्वाचनपछि काँग्रेसको सरकार बन्ने बताएका छन् ।   प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै रिजालले प्रधानमन्त्री ओलीको आजको

सार्वजनिक यातायात प्राधिकरण विधेयक विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको  बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्था) प्राधिकरण विधेयक २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो विधेयकमाथि विचार गरियोस् भन्ने

जनार्दन शर्माको प्रश्न- सत्य निरुपण आयोग गठनमा किन वेवास्ता ?

काठमाडौँ । प्रतिनिधिण्सभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन  ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम


z