कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वयविरुद्ध आरोपपत्र दायर

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

इञ्जिनियरद्वयले कलैया उपमहानगरपालिका–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाइ भुक्तानी दिन सिफारिस गरेको आयोगको अनुसन्धानबाट खुलेको थियो । आयोगले उनीहरु दुवै जनाविरुद्ध पाँच लाख ७१ हजार २६९ रुपैयाँ ५० पैसा बिगो मागदाबी गरेको छ । 

आयोगले आजै सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको भङ्गाहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई रु एक लाख ६० हजार घुससहित नियन्त्रणमा लिएको छ । निजले सेवाग्रहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी गरिदिएबापत सो रकम घुस लिएको पुष्टी भएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उक्त घटनामा संलग्न भएको आशङ्कामा आयोगले सोही वडाका वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।  
 

सम्बन्धित समाचार

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो ।

बनेपा नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिकाका स्व इन्जिनियर आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले बनेपा नगरपालिका वडा नं.११ काभ्रेका सव-इन्जिनियर आकाश श्रेष्ठले २०७२ सालको महाभूकम्पले पूर्ण क्षति

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

परासी । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष  केदार


z