बालुवा निकालेको खाल्डोमा डुबेर ज्यान गुमाएका परिवारलाई २५ लाख राहत 

खरीबोट

बेत्रावती । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएसँगै पीडित परिवारले शव बुझेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीइवासी १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । 

पीडित परिवारले अवैध कार्यमा संलग्न व्यक्तिबाट उचित क्षतिपूर्ति भराउन माग राखेका थिए । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमती भएको हो । 

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ । क्षतिपूर्ति रकममध्ये पीडित परिवारलाई आज रु एक-एक लाख उपलब्ध गराइएको छ । बाँकी रु २४ लाख ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिईन ।   
 

सम्बन्धित समाचार

इटहरीको तरहरानजिक डुबेर एकको मृत्यु

इटहरी । इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्भर्टमा डुबेर आज एकजनाको मृत्यु भएको छ ।  हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर

दाङमा डुबेर दुई किशोरीको मृत्यु

तुलसीपुर । दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।  लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा विहिबार पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही

कुलोमा डुबेर मृत्यु

सर्लाही । जिल्लाको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३

गोबर ग्यासको खाल्डोमा डुबेर बालकको मृत्यु

पर्वत । फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए


z