मलेसियामा बेपत्ता आइरिस किशोरीको शव फेला

खरीबोट

मलेसिया । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए ।

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् ।

परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो ।

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो ।

खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए ।

विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ । तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ । ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ ।

परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् ।

सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् ।  
 

सम्बन्धित समाचार

मलेसियाका पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर (मलेसिया) । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ ।  भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाई सोमबार गर्ने तय भएको थियो ।  अहिलेसम्म

मलेसियामा बेपत्ता आइरिस किशोरीको शव फेला

मलेसिया । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका

मलेसिया र कतार पराजित भएपछि फाइदामा नेपाल

काठमाडौँ । आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज भएका खेलमा मलेसिया र कतार पराजित भएपछि अब नेपालले दुवै खेल जितेमा सिधै ग्लोबल क्वालिफायरको लागि छनौट हुने देखिएको छ

चीनको सहयोगमा मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

क्वालालम्पुर । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने


z