• २०८१ बैशाख ७ शुक्रबार

वडा अध्यक्षसहित तीन जना घुससहित पक्राउ 

kharibot

जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भँगाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मो.रफिक आलमसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले अध्यक्ष आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत वडाका सदस्य कारी साह जमानी जिम्मा बसी वडा सदस्यको छोरा मुकेश साहलाई घुस रकम लिन पठाएको र निज साह एक लाख ६० हजार घुसवापतको रकमसहित पक्राउ परेको जनाएको छ । 

साहलाई जनकपुर उप-महानगरपालिका वडा नं.-९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रण लिएको र भँगाहा नगरपालिका वडा नं.-२ स्थित सितापुर चोकबाट वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै