वडा अध्यक्षसहित तीन जना घुससहित पक्राउ 

खरीबोट

जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भँगाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मो.रफिक आलमसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले अध्यक्ष आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत वडाका सदस्य कारी साह जमानी जिम्मा बसी वडा सदस्यको छोरा मुकेश साहलाई घुस रकम लिन पठाएको र निज साह एक लाख ६० हजार घुसवापतको रकमसहित पक्राउ परेको जनाएको छ । 

साहलाई जनकपुर उप-महानगरपालिका वडा नं.-९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रण लिएको र भँगाहा नगरपालिका वडा नं.-२ स्थित सितापुर चोकबाट वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

सम्बन्धित समाचार

अकुत सम्पत्ति आर्जन गरेका भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  सेवा प्रवेश गरेदेखि मिति

डिभिजन सडक प्युठानका प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख र इन्जिनियर २० लाख घुससहित पक्राउ गरेको छ ।  अख्तियारले डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख (सि.डि.ई.) ध्रुवकुमार श्रेष्ठ

प्रहरीका सइ र जवान घुस रकमसहित पक्राउ

सर्लाही । नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु

वडा सचिव दुई लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका महादेवा गाँउपालिका वडा नं.६ का वडा सचिबलाई दुई लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले वडा सचिव नासु नबोनाथ मिश्रालाई जन्मदर्ता प्रमाण-पत्र बनाईदिने भन्दै


z