यु–१८ साफ च्याम्पियनका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

खरीबोट

काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म हुनेछ ।

छनोट हुने खेलाडीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना छन् । त्यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बू र एन्जल महर्जन छन् ।

मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रञ्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छन् । त्यसैगरी स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स र भूटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।   
 

सम्बन्धित समाचार

यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारत जित्यो

काठमाडौं । यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । नेपाल भने साफ

बंगलादेश यू-१८ साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा  बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज भएको पहिलो सेमिफाइनलमा

यू-१८ साफ च्याम्पियनसिपमा नेपाल समुह चरणबाटै बाहिर

काठमाडौं । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि

यू-१८ साफ च्याम्पियन्सिपमा भुटानसँग नेपालको लज्जास्पद हार 

काठमाडौं । नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा पवेश गरेको छ । आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान


z