प्रकाशको नाममा विदेशी बैंकमा २१ अर्ब छैन्, प्रमाणित गर्न चुनौती

खरीबोट

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको दाबी गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, 'क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।'

प्रचण्डको प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’बाट जारी विज्ञप्तिमा भनिएको छ,'  दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।'

प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरुले बदनाम गर्न षडयन्त्रपूर्ण भ्रामक प्रचार गरिएको सचिवालयले जनाएको छ ।

 

विज्ञप्तिमा जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको भन्दै, 'परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा  षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध समेत गरिएको छ ।

प्रचण्डले परिवारसहित साउन १४ गते दुबईको भ्रमण गरेका थिए । 
 

सम्बन्धित समाचार

सांसद राईलाई पितृशोक, अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण

सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सांसद हेमकुमार राई (शुरवीर)लाई पितृशोक परेको छ । सांसद राईका पिता नरबहादुर राईको शुक्रबार साँझ ७६ वर्षको उमेरमा निधन भएको थियो। दम रोगबाट पीडित नरबहादुर केही

राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता 

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शिष्टाचार भेट गरेका छन् ।  भेटमा दुई देशबीच आपसी

राष्ट्रियताको विषयमा देश एक ढिक्का छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन्। नेकपा भरतपुर महानगर वडाकमिटीको आज आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका

समितिमा प्रधानमन्त्री अनुपस्थित, प्रचण्डले भने- कूटनीतिक पहलमार्फत समाधान गरिन्छ 

काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका


z