प्रकाशको नाममा विदेशी बैंकमा २१ अर्ब छैन्, प्रमाणित गर्न चुनौती

खरीबोट

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको दाबी गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, 'क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।'

प्रचण्डको प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’बाट जारी विज्ञप्तिमा भनिएको छ,'  दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो ।'

प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरुले बदनाम गर्न षडयन्त्रपूर्ण भ्रामक प्रचार गरिएको सचिवालयले जनाएको छ ।

 

विज्ञप्तिमा जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको भन्दै, 'परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा  षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध समेत गरिएको छ ।

प्रचण्डले परिवारसहित साउन १४ गते दुबईको भ्रमण गरेका थिए । 
 

सम्बन्धित समाचार

मार्क्सवादलाई अक्षरशः पालना भन्दा मार्गदर्शन बनाउनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादलाई अक्षरसः पालना गर्ने भन्दा पनि मार्गदर्शन सिध्दान्तका रूपमा लिनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रममा उनले यस्तो

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेपाल कम्युनिष्ट पार्टी नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त

नेकपामा प्रचण्ड र नेपाल असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेकपामा पछिल्लो घटनाक्रमपछि नयाँ समीकरण बन्ने संकेत देखिएको छ । बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँग मिलेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपामा पेलिएको

वर्तमान सरकार पाँच वर्ष रहन्छ : अध्यक्ष प्रचण्ड

धनुषा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग  कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने


z