सर्भर डाउन हुदा भक्तपुर मालपोत कार्यालय ठप्प

खरीबोट

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ ।

मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुर्व्यबहार गरिएको छ ।

कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युटर अधिकृत शिवराज पोखरेलले दुर्व्यबहार गरेको पत्रकार तमखुले बताए ।

कम्प्युटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । 
 

सम्बन्धित समाचार

मालपोतका खरिदारसहित दुई जना घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदारसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि

थप दुई मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको

बारा मालपोतको मुद्धा फाटका कर्मचारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई एक लाख घुस सहित पक्राउ गरेको छ  अख्तियारले माग गरेको जग्गा सम्बन्धी

बुटवल मालपोतका खरिदार घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदारसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । अख्तियारले खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे एक लाख २० हजार घुस


z