सर्भर डाउन हुदा भक्तपुर मालपोत कार्यालय ठप्प

खरीबोट

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ ।

मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुर्व्यबहार गरिएको छ ।

कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युटर अधिकृत शिवराज पोखरेलले दुर्व्यबहार गरेको पत्रकार तमखुले बताए ।

कम्प्युटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । 
 

सम्बन्धित समाचार

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक

प्रभु बैंकको झापा र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा जिल्लाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो ।

सर्भर डाउन हुदा भक्तपुर मालपोत कार्यालय ठप्प

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ । मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई


z