• २०८१ बैशाख १२ बुधबार

सर्भर डाउन हुदा भक्तपुर मालपोत कार्यालय ठप्प

kharibot

भक्तपुर । जिल्ला मालपोत कार्यालय भक्तपुरको सर्भर डाउन हुँदा दुई दिनदेखि काम ठप्प भएको छ ।

मालपोतमा सर्भरबाहेक अन्य कर्मचारीसमेत नहुँदा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीसमेतलाई कर्मचारीले दुव्र्यवहार गरेका छन् ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापासहित पत्रकारहरु रामगोपाल तमखु, सुन्दर शिल्पकार र मोहन बल्लमाथि दुर्व्यबहार गरिएको छ ।

कार्यालयका सूचना अधिकारी महेश अधिकारीसँग स्वीकृति लिएर कम्प्युटर फाँटमा दृश्य खिचिरहेको अवस्थामा मालपोतको कम्प्युटर अधिकृत शिवराज पोखरेलले दुर्व्यबहार गरेको पत्रकार तमखुले बताए ।

कम्प्युटर फाँटमा रहेका ६ कर्मचारीमध्ये दुई कर्मचारीको सरुवा भएको, एक कर्मचारीले राजीनामा दिएको र बाँकी तीन कर्मचारीले सोमबारदेखि नै सर्भर डाउन भएर काम गर्न नसक्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै