कोलकोताको एक अदालतद्वारा शशी थरुरलाई गिरफ्तारको आदेश

खरीबोट

नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ ।

गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश दिएको हो ।

गतबर्ष थरुरले दिएको 'हिन्दु-पाकिस्तान' निर्माण सम्बन्धि एक बयान बारे अदालतले मंगलबार गिरफ्तारको वारेन्ट जारी गरेको हो ।

थरुरले गत बर्ष भारतीय जनता पार्टीले २०१९को लोकसभा निर्वाचनमा जितेमा हिन्दु-पाकिस्तानको निर्माण हुने अवस्थाको सिर्जना हुने बताएका थिए ।

तिरुवन्तपुरममा आयोजित एक कार्यक्रममा थरुरले बिजेपीले एक नयाँ संबिधान लेख्ने जो पाकिस्तानको जस्तै राष्ट्रको मार्गमा हिड्ने र अल्पसंख्यकको कुनै अधिकार नहुने टिप्पणी गरेका थिए ।

कोलकोताको मेट्रोपोलिटन अदालतले वकिल सुमित चौधरीले दायर गरेको मुद्धामा फैसला गर्दै गिरफ्तारको आदेश दिएको बताइएको छ ।           
 

सम्बन्धित समाचार

कोलकोताको एक अदालतद्वारा शशी थरुरलाई गिरफ्तारको आदेश

नयाँ दिल्ली । भारतीय काँग्रेसका सांसद तथा पुर्व विदेश राज्यमन्त्री शशी थरुरलाई कोलकोताको एक अदालतले गिरफ्तारको आदेश दिएको छ । गत बर्ष थरुरले दिएको एक बयानका कारण अदालतले उनलाई गिरफ्तारको आदेश

भारतीय काँग्रेसको अध्यक्षबाट राहुल गान्धीको राजीनामा

नयाँ दिल्ली । भारतीय नेशनल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार पदबाट राजीनामा दिएका छन् । राहुले काँग्रेस पार्टीको अध्यक्ष नरहेको र केन्द्रीय समितिलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गर्दै

मोदीलाई बधाई दिदै राहुल गान्धीले भने -विचारधाराको लडाई जारी छ

काठमाडौं । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने भएसँगै

भारतमा मतगणना जारी : सुरुवाती रुझानमा बिजेपी अगाडी, राहुल गान्धी पछाडी

काठमाडौँ । भारतको लोकसभाको निर्वाचनको मतगणनाको शुरुवाती रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी अगाडी देखिएको छ । अहिले जारी मतगणनामा भारतीय जनता पार्टीसहितको गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । यद्यपी


z