• २०८१ बैशाख ८ शनिबार

दक्षिण अफ्रीकाद्वारा भारतविरुद्धको सिरिजका लागि टिमको घोषणा

kharibot

काठमाडौँ । भारतविरुद्ध अक्टोबरमा हुने टेस्ट तथा टी-२० सिरिजका लागि दक्षिण अफ्रीकाले आफ्नो टिमको घोषणा गरेको छ ।

टेस्ट टिमको कप्तान फाफ डु प्लेसीलाई नै बनाइएको छ भने टी-२० को कप्तान विकेटकिपर ब्याट्सम्यान क्वेंटन डिककलाई बनाइएको छ । त्यस्तै टेम्बा बभुमालाई टेस्टको उपकप्तान बनाइएको छ भने रास्से भान डेर दुसेनलाई टी-२० को उपकप्तान बनाइएको छ ।

त्यस्तै टेस्ट टिम र टी-२० दुवैमा तीन-तीन नयाँ खेलाडी समावेश भएका छन् ।

टेस्ट टिममा तिब्र गतिका बलर एनरीच नोर्त्जे, स्पिन बलर सेनुरान मुथुसामी र विकेटकिपर ब्याट्सम्यान रुडी सेकेन्ड्स टेस्ट टिममा परेका छन् भने टी-२० टिममा टेम्बा बभुमा, बिजोर्न फोर्च्युन र एनरीच नोर्त्जे रहेका छन् ।

टेस्ट टिम : फाफ डु प्लेसी (कप्तान), टेम्बा बवुमा (उपकप्तान), थेनिस डि ब्रुयन, क्वेंटन डिकक, जुबयर हाम्जा, केशव महाराजा, एडीयन मक्रम, सेनुरन मुथुसामी, लुंगी एनगिडी, एनरीच नोर्त्जे, भेरोन फिलनडर, डान पिएड, कागीसो रबाडा, रुबी सेकेंड्स ।

टी-२० टिम : क्वेंटन डिकक (कप्तान), भान डेर दुसान (उपकप्तान), टेम्बा बवुमा, जुनियर डाला, बेउरान हेन्डरिक्स, रीजा हेन्डरिक्स, डेविड मिलर, एनरीच नोर्त्जे, एन्डील फेहलुकवायो, डवाने प्रेटोरिअस, कागीसो रबाडा, तबरैज शाम्सी र जोन जोन स्मुट ।

दक्षिण अफ्रीकाले आगामी अक्टोबरमा भारतसँग ३ टेस्ट र ३ टी-२० सिरिज खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै