मेसीले भन्दा मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु – रोनाल्डो

खरीबोट

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी पछिल्लो एक दशक देखि नै प्रमुख खेलाडीको रुपमा चर्चामा रहेका छन् । क्लब फुटबल होस् या देशका लागि हुने फुटबल होस् दुवैको उपस्थिति मात्र पनि ठुलो समाचार बन्ने गर्दछ ।

यसै बीच रोनाल्डोले आफु र मेसीका बारे पछिल्लो पटक दिएको बयान फेरी एक पटक चर्चामा रहेको छ ।

रोनाल्डोले खेलाडीको बारेमा सिरिज बनाउने एक भिडियो स्ट्रिमीङ साइटका लागि कुरा गर्दै मेसीले भन्दा आफुले फरक फरक क्लबका लागि च्याम्पियन्स लिग जितेको बताएका छन् ।

रोनाल्डोले भनेका छन्, ‘मेसी र म मा के फरक छ भने मैले फरक फरक क्लबका लागि च्याम्पियन्स लिग जितेको छु ।’

मेसीले आफ्नो पुरै फुटबल क्यारियर बार्सिलोनामा बिताएको भए पनि रोनाल्डो भने पोर्टोबाट म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड हुदै अहिले युभेन्टस पुगेका छन् ।

मेसीलाई उत्कृष्ट खेलाडी भन्दै रोनाल्डोले सो सिरिजमा बेलुन डो अरको मात्र कुरा होइन हरेक बर्ष मेसी आफूजस्तै टपमा रहेको बताएका छन् ।

रोनाल्डोले आफु च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म टप स्कोरर रहेको बताउदै आफु र मेसीमा सोहि फरक रहेको बताए ।

रोनाल्डोले दुई खेलाडीबीच दश बर्षसम्म यस्तो प्रतिद्वन्दिता आफुले यस अघि नदेखेको बताउदै मेसीको मेहनतको प्रशंसा समेत गरेका छन् । रोनाल्डोले हरेक बर्ष ४०-५० गोल गर्ने खेलाडी अहिलेसम्म को छ भन्दै यस्तो खेलाडी आफुले यस अघि नदेखेको समेत बताए ।

आफ्नो र मेसीको सफलताको पछाडी निकै ठुलो मेहनत र लगावको कारण भएको बताउदै कुनै पनि ट्रफी जित्नुको पछाडीको निकै ठुलो मेहनत लुकेको हुने बताए ।

५-५ पटक फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलुन डोअर जितेका मेसी र रोनाल्डो यस बर्ष पनि फिफाको उत्कृष्ट खेलाडीको सुचिमा मनोनयनमा परेका छन् ।                     
 

सम्बन्धित समाचार

इन्जुरीको मारमा बार्सिलोना : मेसी र स्वरेजपछि डेम्बेले घाइते

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका लागि नयाँ सिजन धेरै किसिमले ठिक भइरहेको छैन । सिजनको पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले लियोनेल मेसीको इन्जुरीको समस्या झेलिरहेका बेला अर्का खेलाडी उसमान डेम्बेलेपनि घाइते

युइएफए अवार्डमा अहिलेसम्म मेसीभन्दा रोनाल्डो अगाडी

काठमाडौँ । सन् २०११ देखि दिन थालिएको युइएफएको प्लेयर अफ द इयर अफ द इयरको अवार्डका लागि २०१८/२०१९ सिजनको तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यस अघि सार्वजनिक

बिल्बाओविरुद्ध खेल्ने बार्सिलोनाको टिम सार्वजनिक, मेसी नखेल्ने

काठमाडौँ । बार्सिलोनाले एथलेटिको बिल्बाओविरुद्ध हुने यस सिजनको पहिलो ला लिगा खेलका लागि आफ्नो टिम सार्वजनिक गरेको छ ।  पहिलो खेलमा लियोनेल मेसी भने इन्जुरिका कारण नखेल्ने भएका छन् । बार्सिलोनाले

मेसी, रोनाल्डो र भान डाइक युइएफए बर्ष खेलाडीको अन्तिम मनोनयनमा

काठमाडौँ । युइएफएले सन् २०१८/२०१९ सिजनको पुरुष प्लेयर अफ द इयरका लागि तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी


z