• २०८१ बैशाख ८ शनिबार

मेसीले भन्दा मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु – रोनाल्डो

kharibot

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी पछिल्लो एक दशक देखि नै प्रमुख खेलाडीको रुपमा चर्चामा रहेका छन् । क्लब फुटबल होस् या देशका लागि हुने फुटबल होस् दुवैको उपस्थिति मात्र पनि ठुलो समाचार बन्ने गर्दछ ।

यसै बीच रोनाल्डोले आफु र मेसीका बारे पछिल्लो पटक दिएको बयान फेरी एक पटक चर्चामा रहेको छ ।

रोनाल्डोले खेलाडीको बारेमा सिरिज बनाउने एक भिडियो स्ट्रिमीङ साइटका लागि कुरा गर्दै मेसीले भन्दा आफुले फरक फरक क्लबका लागि च्याम्पियन्स लिग जितेको बताएका छन् ।

रोनाल्डोले भनेका छन्, ‘मेसी र म मा के फरक छ भने मैले फरक फरक क्लबका लागि च्याम्पियन्स लिग जितेको छु ।’

मेसीले आफ्नो पुरै फुटबल क्यारियर बार्सिलोनामा बिताएको भए पनि रोनाल्डो भने पोर्टोबाट म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड हुदै अहिले युभेन्टस पुगेका छन् ।

मेसीलाई उत्कृष्ट खेलाडी भन्दै रोनाल्डोले सो सिरिजमा बेलुन डो अरको मात्र कुरा होइन हरेक बर्ष मेसी आफूजस्तै टपमा रहेको बताएका छन् ।

रोनाल्डोले आफु च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म टप स्कोरर रहेको बताउदै आफु र मेसीमा सोहि फरक रहेको बताए ।

रोनाल्डोले दुई खेलाडीबीच दश बर्षसम्म यस्तो प्रतिद्वन्दिता आफुले यस अघि नदेखेको बताउदै मेसीको मेहनतको प्रशंसा समेत गरेका छन् । रोनाल्डोले हरेक बर्ष ४०-५० गोल गर्ने खेलाडी अहिलेसम्म को छ भन्दै यस्तो खेलाडी आफुले यस अघि नदेखेको समेत बताए ।

आफ्नो र मेसीको सफलताको पछाडी निकै ठुलो मेहनत र लगावको कारण भएको बताउदै कुनै पनि ट्रफी जित्नुको पछाडीको निकै ठुलो मेहनत लुकेको हुने बताए ।

५-५ पटक फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलुन डोअर जितेका मेसी र रोनाल्डो यस बर्ष पनि फिफाको उत्कृष्ट खेलाडीको सुचिमा मनोनयनमा परेका छन् ।                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै