• २०८१ बैशाख १३ बिहीबार

बलिवुडका यी हिरोइन जसले बाबु-छोरासँग गरे रोमान्स 

kharibot

मुम्बई । बलिवुडमा फिल्मको अलग अलग समय देखिएको छ । यसक्रममा हिरो देखि हिरोइनसम्मका भूमिकाहरु बदलिएको देखिएको छ । यसैक्रममा बलिवुडमा बाबु र छोरासँग पर्दामा रोमान्स गर्ने केहि यस्ता अभिनेत्रीहरुको बारेमा यस रिपोर्टमा चर्चा गर्दै छौ ।

अभिनयको कारण सधै चर्चामा रहेकी अभिनेत्री श्रीदेवीले बलिवुडमा बाबु र छोरा दुवैसँग पर्दामा रोमान्स गरेकी छन् । श्रीदेवीले फिल्म नाकाबन्दीआमा अभिनेता धर्मेन्द्रसँग काम गरेकी थिइन् भने उनका छोरा सन्नी देओलसँग फिल्म चालबाज, निगाहे र रमा अवतार जस्ता फिल्ममा हिरोइनको रुपमा काम गरेकी थिइन् ।

त्यस्तै अर्की चर्चित हिरोइन हेमा मालिनीले पनि बलिवुडमा बाबु छोरासँग काम गरेकी छन् । हेमाले सपनोका सौदागरमा राज कपुरसँग रोमान्स गरेकी थिइन् भने यसपछि राज कपुरका छोरा रणधीर कपुरसँग र ऋषि कपुरसँग समेत काम गरीन । हेमाले हाथकि सफाई भन्ने फिल्ममा रणधीर कपुरसँग र एक चादर मैली सी मा ऋषि कपुरसँग काम गरेकी थिइन् ।

त्यस्तै बलिवुडकी अर्की चर्चित अभिनेत्री माधुरी दिक्षितले पनि बाबु छोरासँग पर्दामा रोमान्स गरेकी छन् । फिल्म दयावानमा माधुरी दिक्षितले त्यति बेलाका सुपर स्टार बिनोद खन्नासँग काम गरेकी थिइन् । यस फिल्ममा माधुरी र बिनोद खन्नाको बोल्ड सिन निकै विवाद र चर्चामा आएको थियो । माधुरीले त्यसपछि बिनोद खन्नाका छोरा अक्षय खन्नासँग फिल्म मोहब्बतमा रोमान्स गरेकी थिइन् ।

अभिनेत्री अमृता सिंहले पनि बलिवुडमा बाबु-छोरासँग रोमान्स गरेकी थिइन् । फिल्म बेताबसँग बलिवुडमा डेभ्यु गरेकी अमृताले सन्नी देओलसँग काम गरेकी थिइन् । अमृताले सन्नी देओलसँग काम गरेपछि सन्नीका पिता धर्मेन्द्रसँग 'सच्चाई की ताकत' फिल्ममा काम गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री डिम्पल कपाडियाले पनि पर्दामा बाबु-छोरासँग रोमान्स गरेकी छन् । डिम्पलले धर्मेन्द्र-सन्नी देओल तथा बिनोद खन्ना र अक्षय खन्नासँग रोमान्स गरेकी थिइन् ।

डिम्पलले फिल्म बटवारा, शहजादे जस्ता फिल्ममा धर्मेन्द्रसँग काम गरेकी थिइन् भने नरसिम्हा, मंजिल, मंजिल, अर्जुन, गुनाह, आगका गोला जस्ता फिल्ममा सन्नी देओलसँग काम गरेकी थिइन् । त्यस्तै डिम्पलले खुनका कर्ज, इन्साफ जस्ता फिल्ममा विनोद खन्नासँग रोमान्स गरेकी थिइन् भने अक्षय खन्नासँग दिल चहता है फिल्ममा रोमान्स गरेकी थिइन् ।

त्यस्तै अभिनेत्री जया प्रदाले फिल्ममा धर्मेन्द्र र सन्नी देओलसँग काम गरेकी थिइन् । जयाले कुन्दन, ऐलान-ए-जंग, कयामत जस्ता फिल्ममा धर्मेन्द्रसँग काम गरेकी थिइन् भने वीरता र जबरजस्त जस्ता फिल्ममा सन्नी देओलसँग काम गरेकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै