• २०८१ बैशाख १४ शुक्रबार

अस्तित्वको खोजीमा एसिया कै पहिलो 'सुरुङ्ग मार्ग'

kharibot

बारा । देशको बिभिन्न ठाउमा सुरुङ्ग मार्ग बनाउने भनेर महत्वाकांक्षी प्रस्ताव अघि सारेर चर्चाको खेती गरे पनि १०१ वर्ष पहिले नैं एसियामा नैं पहिलो मानव निर्मित नेपालमा बनेको सुरुङ्ग मार्ग मार्फत २०२१ सालसम्म सवारी साधन चल्ने ऐतिहासिक सम्पदाको संरक्षणमा चर्चा भएको पाईदैन ।

सय वर्ष अघि नेपालमा सुरुङ्ग मार्फत गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठिन हुनेहरुका लागि बारा र मकवानपुरको सिमानामा पर्ने चुरे पर्वत मालाखण्डमा राणाकालमा बनेको सुरुङ्ग मार्ग अस्तित्व खोज्दै बसेको देखिन्छ ।

भारतको रक्सौलबाट बाराको अमलेखगंज सम्म रेल चल्थ्यो र मकवानपुरको भीमफेदी सम्म बनाईएको सडक मार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न चुरे पर्वत नै पार गर्नु पर्ने भए पछि चुरियामाई मन्दिर परिसरबाटै सिभिल ईन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले चन्द्र शम्सेरको शासनकालमा सिधा सुरुङ्ग मार्ग बनाई गाडी चलाईएको ईतिहासमा उल्लेख छ ।

तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पका रुपमा सुरुङ्ग मार्ग खनिएको स्थानीय बताउँ छन् काठमाण्डौं उपत्यका बाहिर सबै भन्दा पहिले विकास गरिएको यो सडक खण्डमा तत्कालीन राणा सरकारले सुरुङ्ग मार्ग खनेको थियो ।

काठमाण्डौं लैजाने सबै समान अमलेखगंज सम्म रेल मार्फत ल्याउँने र त्यही सुरुङ्ग मार्ग हुँदै चल्ने गाडीले भीमफेदी सम्म समान पुर्याएर काठमाण्डौं सम्म पुग्ने सडक नभएकाले भिमफेदीबाट भरिया लगाएर काठमाण्डौंसम्म समान पुर्याईन्थ्यो । काठमाण्डौंमा चल्ने राणाका गाडीहरु पनि भीमफेदी सम्म यही सुरुङ्ग मार्ग छिचोल्दै पुग्थे ।

प्रजातन्त्र पुनःस्थापना पछि २०१८ सालमा त्रिभुवन राजपथ बन्यो र २०२१ साल सम्म सुरुङ्ग चलेर बन्द भएको चुरीया माईका मुल पुजारी राजु नगरकोटी बताउछन् । उनी भन्छन्-प्रदेश सरकार र स्थानीय सरकारले यसको पुर्न निर्माणमा चाँसो राख्दै गुरु योजना अनुसार काम अगाडी बढने मैले सुनेको छु ।

सडक छेउमा देखिएका सुरुङ्गका मुखहरु थुनिएको छ, भने मन्दिर नजिकैको सुरुङ्ग मार्गको केही भाग भने अझै सग्लो अवस्थामा नैं छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

सुरुङ्गको इतिहास :

सिभिल ईन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले पाँच सय मिटर लम्बाईको यो सुरुङ्ग मार्ग डिजाईन गरेका थिए । सुरुङ्ग मार्ग ९ फिट चौंडा र १० फिट अग्लो छ ।

चुरिया सुरुङ्ग सन् १९१७ मैं बनेको थियो । टोनी हेगनले काठमाण्डौं जाँदै गर्दा यहि सुरुङ्ग मार्ग प्रयोग गरेको र आफ्नो पुस्तक ‘द हिमालयन किङ्गडम अफ नेपाल’ मा पनि यो सुरुङ्ग मार्ग बारे एसिया कै पहिलो मानव निर्मित सुरुङ्ग हुन सक्ने र आफुलाई आठौं आश्चार्य लागेको बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ्ग नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङ्ग मार्ग देख्दा आँफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

जीर्ण अवस्थामा रहेको यो सुरुङ्ग मार्ग हाल प्रयोगमा छैन । भूकम्प पछि यो सुरुङ्ग मार्ग थप जीर्ण बन्न पुगेको छ ।

भूकम्प पछिको अवस्था के छ सुरुङ्गको ?

पहाड नैं खोपेर बनाईएको सुरुङ्गको फिनिसिङ्ग निर्माण चुना सुर्ती लगाएर गरिएको थियो । त्यति बेला सिमेन्ट प्रयोगमा थिएन । त्यसैले यो सुरुङ्गको भूकम्प पछि अवस्था दयनिय छ । सुरुङ्ग मार्गको सडक तर्फ भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन् । खोपाहरु कुँदिएका छन् , यसको पनि वैज्ञानिक प्रयोजन हुँन सक्ने देखिन्छ ।

जिर्ण बनेको चन्द्र शमशेरको नाँसो यो सुरुङ्ग मार्गको डिजाईन गर्ने ईन्जिनियर थापाका पनाती र पनातिनाहरु यसको अवलोकनमा पटक पटक आएको र पछिल्लो समय ईन्जिनियर सहित उनीहरु आएका बताउँदै स्थानीय दिलिप नगरकोटी भन्छन् – उनीहरुले अब यसलाई मर्मत गरेर व्यवस्थित गर्दै फेरि अवलोकनका लागि खुल्ला गर्ने योजना सुनाउने गरेको बताए । 

पुरातत्व विभागले सुरुङ्गको ऐतिहासिकता परीक्षण गरे पछि सुरुङ्ग मार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्प अघिसम्म यस भित्र पसेर हेर्न पाईन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ । 

पुरातत्व बिभागले पनि चाँसो देखाएपछि हेटौंडा उपमहानगरपालकिाले ईन्जिनियर थापाको अर्घ कदको सालीक यहि वर्ष निर्माण गरी सुरुङ्गको प्रवेश द्वार नजिकै बनाउने र सुरुङ्ग निर्माणमा प्रदेश ३ सरकार र पुरातत्व बिभाग जुट्ने जानकारी गत वर्ष नैं आए पनि अहिले सम्म सुरसार नै नभएको चुरीयामाई व्यवस्थापन समितीले जनाएको छ ।

के गर्दै छ स्थानीय निकाय ?

पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नु पर्ने र पुर्न निर्माण गरी यसको महत्वका बारेमा जानकारी गराउन आन्तरीक र बाहय पर्यटकलाई समेत प्रचारमा जुट्नु पर्ने माग स्थानीयबासीको छ । सुरुङ्ग भित्र सरसफाई गरेर बत्ती सहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र र फोटोले सजाएर यसलाई खुला गर्नु पर्ने उनीहरु बताउछन् ।

जीतपुरसिमरा उपमहानगरले भने गत वर्ष मन्दिरमा केही निर्माण सम्पन्न गरेको र यस वर्ष सुरुङ्ग पुर्न निर्माणमा लाग्ने वडा अध्यक्ष मणिक लामा बताउछन् । 

यो सुरुङ्ग मार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको र गुफामा परिणत भए पछि यो सुरुङ्ग मार्ग खासै चर्चामा पनि आउन सकेको छैन । तत्कालीन समयमा यो सुरुङ्ग मार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए, जुन अहिले पनि उत्ति कै आर्कषक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै