• २०८१ बैशाख ७ शुक्रबार

साहो रिलिजपछि प्रभास र अनुष्का घरजमको तयारीमा !

kharibot

मुम्बई । बलिवुडका बाहुबली फेम अभिनेता प्रभास अहिले आफ्नो नयाँ फिल्म साहोको रिलिजलाई लिएर चर्चामा रहेका छन् ।

साहोको ट्रेलरसमेत सार्वजनिक भएको छ र यसलाई निकै मन पराइएको छ । बाबुबली-२ रिलिज भएको दुई बर्षपछि प्रभासको नयाँ फिल्म रिलिज हुन लागेको हो । फिल्ममा प्रहरी अफिसरको भूमिकामा रहेका प्रभासले श्रद्धा कपुरसँग अभिनय गरेका छन् । फिल्ममा श्रद्धा र प्रभास दुवै एक्सन अवतारमा समेत देखिने छन् ।

यसैबीच प्रभासको अफ्येर्सलाई लिएर फेरी एक पटक चर्चा बढेको छ । लामो समय देखि अफ्येर्स रहेको भनिएका प्रभास र अनुष्काको चर्चा अब घरजम गर्ने तयारी गरेको भन्दै भैरहेको छ । फिल्म फेयरक अनुसार प्रभासले अनुष्काका लागि गत साता मात्र साहोको विशेष स्क्रिनङ गराएका थिए । उनीहरुले अब अमेरिकामा घर किन्ने योजना समेत बनाएको फिल्म फेयरले लेखेको छ । उनीहरुले आउदा दिनमा अमेरिकामा बस्ने योजना बनाएको बताइएको छ ।

गत बर्ष दुवैको ब्रेकअप भएको मिडिया रिपोर्ट बाहिर आएको भएपनि अहिले फेरी दुवैलाई सँगै देखिएका छन् । बाहुबलीमा संगै कम गरेका प्रभास र अनुष्का दक्षिण भारतमा सबै भन्दा बढी मन पराइएका जोडी मानिन्छन् ।

सार्वजनिक रुपमा दुवैले आफुहरुलाई राम्रो साथि मात्र भनेपनि अहिले दुवैको सम्बन्ध अब विवाहमा परिणत हुन लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै