पोर्टो च्याम्पियन्स लिगमा छनौट हुन असफल

खरीबोट

काठमाडौँ । पोर्चुगलको चर्चित क्लब पोर्टो यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।

रसियाको क्लब क्रान्सनोडरसँग अवे गोलमा पराजित हुदै च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । खेलको पहिलो लिगमा १-० ले जितेको पोर्टोले दोस्रो लिगमा ३-२ गोल अन्तरले पराजित भएपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलको आधारमा पराजित भएको हो ।

सन् १९८६-८७ र २००३-०४ मा च्याम्पियन्स लिग जितेको पोर्टो सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनौट हुन् नसकेको हो । गत सिजनमा पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनल सम्म पुगेको थियो ।

त्यस्तै पोर्टोलाई पराजित गर्दै रसियन क्लब क्रान्सनोडर च्याम्पियन्स लिग छनौटको अन्तिम प्लेअफमा पुगेको छ ।

अब अन्तिम प्लेअफमा पुगेका १२ क्लबबाट ६ क्लब च्याम्पियन्स लिगका लागि छानिने छन् । अन्तिम प्लेअफका खेल यहि अगष्ट २०-२१ तथा २७-२८ मा हुने छन् ।          
 

सम्बन्धित समाचार

मेसी, रोनाल्डो र भान डाइक युइएफए बर्ष खेलाडीको अन्तिम मनोनयनमा

काठमाडौँ । युइएफएले सन् २०१८/२०१९ सिजनको पुरुष प्लेयर अफ द इयरका लागि तीन जनाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यस अघि सार्वजनिक गरेको १० जनाको सुचीबाट उत्कृष्ट ३ जना खेलाडी

पोर्टो च्याम्पियन्स लिगमा छनौट हुन असफल

काठमाडौँ । पोर्चुगलको चर्चित क्लब पोर्टो यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । रसियाको क्लब क्रान्सनोडरसँग अवे गोलमा पराजित हुदै च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।

मेसीले भन्दा मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु – रोनाल्डो

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी पछिल्लो एक दशक देखि नै प्रमुख खेलाडीको रुपमा चर्चामा रहेका छन् । क्लब फुटबल होस् या देशका लागि हुने फुटबल होस्

मेसीले लिभरपुलविरुद्ध हानेको फि-किक बन्यो 'गोल अफ द सिजन'

काठमाडौँ । बार्सिलोनाका लियोनेल मेसीले गत सिजनको च्याम्पियन्स लिगको गोल अफ द सिजनको अवार्ड जितेका छन् । मेसीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा लिभरपुलविरुद्ध हानेको फ्रि-किक गोल गत सिजनको च्याम्पियन्स लिगको


z