• २०८१ बैशाख ७ शुक्रबार

पोर्टो च्याम्पियन्स लिगमा छनौट हुन असफल

kharibot

काठमाडौँ । पोर्चुगलको चर्चित क्लब पोर्टो यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।

रसियाको क्लब क्रान्सनोडरसँग अवे गोलमा पराजित हुदै च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ । खेलको पहिलो लिगमा १-० ले जितेको पोर्टोले दोस्रो लिगमा ३-२ गोल अन्तरले पराजित भएपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलको आधारमा पराजित भएको हो ।

सन् १९८६-८७ र २००३-०४ मा च्याम्पियन्स लिग जितेको पोर्टो सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनौट हुन् नसकेको हो । गत सिजनमा पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनल सम्म पुगेको थियो ।

त्यस्तै पोर्टोलाई पराजित गर्दै रसियन क्लब क्रान्सनोडर च्याम्पियन्स लिग छनौटको अन्तिम प्लेअफमा पुगेको छ ।

अब अन्तिम प्लेअफमा पुगेका १२ क्लबबाट ६ क्लब च्याम्पियन्स लिगका लागि छानिने छन् । अन्तिम प्लेअफका खेल यहि अगष्ट २०-२१ तथा २७-२८ मा हुने छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै