नेकपाको सचिवालय बैठक फेर स्थगित 

खरीबोट

फाइल तस्बीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरी स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै यसअघि मंगलबार बस्ने भनिएको सचिवालय बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भएको थियो । तर सो छलफलमा कुरा नमिलेपछि बुधबारको बैठक बिहीबारसम्मका लागि सारिएको नेकपाका नेताहरुले बताएका छन् ।

सिंगापुरबाट फर्किएपछि पार्टी अध्यक्षसमत रहेका प्रधानमन्त्री ओली छलफलमा जुटेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग सामुहिक र एक्ला एक्लै भेटघाट गरेका छन् ।

यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे  भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे  सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो । 

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र  वेदुराम भुसाललगायतको दाबि रहेको छ । 

अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । 

अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन । 

सम्बन्धित समाचार

ओली र मेरो भनाभनलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझौं – माधव नेपाल 

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षसँगको भानाभनलाई गम्भीर रुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । सहयोगीनगर सामुदायिक समाजले शुक्रबार गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताले व्यक्त गरेको चिन्ताप्रति आफ्नो

'माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद

“नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन”

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता

नेकपा सचिवालय बैठक :  प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सकिएको छ ।  प्रधानमन्त्री ओली सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल


z