​​​​​​​पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

खरीबोट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।

नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । “ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भने, “पर्यटन क्षेत्रमार्फत मुलुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।”

सङ्घका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि  शुभकामनासमेत व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने : मन्त्री भट्टराई

फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्

नेपाललाई इयूको कालोसूचीबाट हटाउन पहल हुदैछ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउनका लागि सम्बन्धित मुलुकसँग पहल भइरहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले

​​​​​​​पर्यटन विकासका लागि सरकार गम्भीर : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुगेको नेपाल

निगमको शानलाई जहाजको उचाइझैँ पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताएका छन् । राष्ट्रिय पर्यटन


z