दक्षिण भारतमा बाढीले २०९ को मृत्यु

खरीबोट

भारत । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्  ।

 भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो ।  ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।

केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो ।

 हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य  ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन् ।

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई युएईको को सर्वोच्च नागरिक सम्मान 

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ । यो सम्मान पाउने उनी भारतका पहिलो

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन 

नयाँ दिल्ली (भारत) । भारतका पूर्व अर्थमन्त्ती तथा भारतीय जनता पार्टीका नेता अरुण जेट्लीको निधन भएको छ । शनिवार दिउँसो करीब १२ बजे नयाँ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको

इशान्त शर्माको घातक बलिङपछि टेस्ट भारतको नियन्त्रणमा

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टको दोस्रो दिन भारतले उत्कृष्ट खेल देखाउदै आफ्नो नियन्त्रणमा राखेको छ । पहिलो इनिंगमा २९७ रनमा अल आउट भएको भारतले बलर इशान्त शर्माको

रहाने र राहुलले भारतलाई पहिलो दिन बचाए

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टमा पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाउदै २०३ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो


z