• २०८१ बैशाख ६ बिहीबार

एक्शन-लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ ।

भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् ।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ ।

उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

 ‘सोच’ को ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै