• २०८१ बैशाख ५ बुधबार

नेप्से ५ दशमलव १७ अंक घट्यो

kharibot

काठमाडौ । नेप्से सूचक तथा कारोबार रकम दुुबै घटेकाछन । नेप्से सूचक आज पाँच दशमलव १७ अंकले घटेर १२ सय २५ दशमलव ९० विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले घटेर दुुई सय ६५ दशमलव ९३ विन्दुुमा झरेको छ । 

एक सय ६९ कम्पनीहरुको आठ हजार ४८ वटा कारोबारमा १० लाख ६९ हजार छ सय ९० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २५ करोड ७२ लाख ८५ हजार एक रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा लघुुवित्त समूहको सूचक बढे पनि बाँकी ११ वटा समूहको सूचक भने घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ४९ अंकले घटेर ११ सय चार दशमलव ७८ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि शुन्य दशमलव ५२ अंकले घटेर १५ सय ८८ दशमलव २३ विन्दुुमा झरेको छ । 

जलविद्युुत् समूहको सूचक पनि सात दशमलव १३ अंकले घटेर एक हजार ९२ दशमलव पाँच विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक पनि १० दशमलव ३६ अंकले घटेर चार हजार आठ सय ७६ दशमलव ७१ विन्दुुमा झरेको छ । यीबाहेक जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विजय लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ २६ पैसाले बढेर छ सय १२ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ३० पैसाले घटेर एक सय सात रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी, बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता ३ सय २४ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड १० लाख ६२ हजार पाँच सय ४१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै